सोलुखुम्बु जेठ ५,
बाहिर हिडडुल गर्दा बुर्का नलगाइ हिड्न नपाइने साउदी अरेबियाकी एक महिलाले शनिबार सगरमाथाको चुचुरोमा पाइला टेकेकी छिन् । बुर्काले बेरिएर जिन्दगी बिताउने देशमा हुर्किएकी २५ वर्षीया राहा मोहाराकले आफ्ना लागि सगरमाथा आरोहण निकै महत्वपूर्ण भएको बताएकी छिन् ।
कतार तथा प्यालेस्टाइनका पुरुषसँगै उनी सगरमाथाको शिखरमा पुगेको बताइएको छ । यसअघि आधार शिविरमा रहँदा मोहराकले साउदी अरबबाट सगरमाथा चढ्ने पहिलो महिला हुने रेकर्ड कायम गर्ने भन्दै यो साहसिक काम गर्नका लागि आफूले धेरै चुनौती पार गरेको बताएकी थिइन् ।