नेपाल बिश्व सहयोग संघ (यु.ए.ई) शाखाको अध्यक्षमा दिपक राज पौडेल नियुक्त

दुबई जेठ ५,

बिनोद श्रेष्ठ "क्रान्ति" : मे १६, दुबई - नेपाल बिश्व सहयोग संघ (यु.ए.ई) शाखाको अध्यक्षमा दिपक राज पौडेल सर्बसम्मत बाट नियुक्त भएका छन् ।गत मे १३ मा नेपाली रेस्टुरेन्ट बरदुबईमा बसेको कार्य समिति, साधारण सदस्य तथा सल्हाकार हरुको बैठकले उहाँ लाई नियुक्त गरको हो । 

नेपाल बिश्व सहयोग संघ मध्य पूर्व तथा अफ्रिका च्याप्टरका संयोजक श्री महाप्रसाद धितालको प्रमुख आथित्यमा संचालित उक्त कार्यक्रम नेपाल बिश्व सहयोग संघ (यु.ए.ई) शाखाका निबर्तमान अध्यक्ष श्री ज्ञानेन्द्र बहादुर कार्की नेपाली समाज (यु.ए.ई) २०१३ - २०१५ कार्य कालको लागि अध्यक्ष पदमा निर्बिरोध निर्बाचित हुनु भएकोले,उहाँको सफल कार्यकालको कामना गर्दै रिक्त पदमा परिपुर्ति गरिएको हो। 

जसमा क्रमश : महासचिब बिकाश राज बास्तोला ,कोषाध्यक्ष अर्जुन शर्मा पौडेल र सह-कोषाध्यक्षमा श्रीमती भगवती न्यौपानेलाई चयन गरेको छ।स्मरण रहोस् बर्तमान अध्यक्ष यस अघि नेपाल बिश्व सहयोग संघ (यु.ए.ई) शाखाको महासचिब पदमा कार्यरत थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com