जेठ ०१,
भारतको जयपुर महानगरको एडिजे कोर्टमा २०११ मा प्रेम विवाह गरेर ६ दिनपछी पत्नीको हत्या गर्ने पतिलाई जीवनभर काराबासको सजाय सुनाएको छ । भगाएर कोर्ट म्यारिज गरेका जोडी एक होटेलमा बसेका थिए ।
विवाह गरेर होटेल बसेको ६ दिनपछी पति कमलेशले पत्नीको घाँटी थिचेर हत्या गरेका थिए । पत्नीको हत्या गरेर सोही कोठामा बसिरहेका बखत होटेलमा काम गर्ने नोकरनीले कफि पुर्याउन जाँदा कोठाबाट नमिठो गन्ध आएपछी उनले प्रहरीलाई खबर गरेकी थिइन् । यी दुई जोडीले सन् २०११ जुलाई १० मा घरबाट भागेर विबाह गरेका थिए ।
उनीहरूले एक होटेल बुक गरेका थिए । होटेल बुक गर्दा कमलेशले जुलाई ८ मा नै कैलाशको नाममा होटेलको कोठा बुक गरेका थिए र सोही होटेलमा बस्दै आएका थिए । प्रहरीले सूचना पाएपछी त्यहाँ आइपुगेको प्रहरीले कमलेशको कोठा पुगेर खानतसाल गर्ने क्रममा कमलेशकी पत्नी पूजा मृत्य अवस्थामा भेटिएकी थिइन् । यसपछी प्रहरीले कमलेशलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
प्रहरीले सोधपुछ गर्ने क्रममा कमलेसले आफूले पनि विष सेवन गर्न खोजेको बताएका थिए । कमलेशलाई पनि १६ जुलाईमा अस्पताल भर्ना गरेको थियो । केहीदिन राखेपछि प्रहरीले उनलाई अदालतसमक्ष प्रस्तुत गरेको थियो । अदालतले जीवनभर जेल सजाय सुनाउँदा कमलेशले भने आफूलाई फाँसीको सजाय दिन आग्रह गरेका थिए ।एजेन्सी: