जेरुसलेम बैशाख २९,
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु यतीखेर निकै आलचित बनेका छन्।
उनके केही दिन अघि जहाजमा लण्डन जाँदा खाट राखेर सुतेको सार्वजनिक भएपछि उनिको आलोचना बढेको हो।
टिभीका च्यानल १० अनुसार नेतन्याहुले बेलायतकी पुर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको अन्त्येष्टीका लागि जाँदा जहाजमा खाट राख्न लगाएर सुत्दै गएका थिए। जहाजमा खाट राख्न १ लाख २७ डलर खर्च भएपछी उनको खेदो खनिएको हो।
शुरुमा नेतन्याहुको कार्यालयले व्यस्त समय तालिकाका कारणले थकानबाट बच्न प्रधानमन्त्रीले खाट राख्न लगाएको भन्दै बचाउ गरेको थियो ।
केही महत्वपुर्ण वार्ता गर्न पनि प्रधानमन्त्री नेतन्याहु 'फ्रेश' रहनु पर्ने प्रधानमन्त्री कार्यालयलले दिएको थियो।
तर जनस्तरमा प्रधानमन्त्रीको व्यापक आलोचनापछी प्रधानमन्त्री कार्यलयले कुरा फेर्दै त्यती महंगो खर्चको बारेमा थाहा नभएकाले जहाजमा सुत्ने खाट राख्न लगाएको स्पष्टीकरण दिएको छ। यसका साथै प्रधानमन्त्रीको कार्यालयले भविष्यमा यस्तो नगर्ने पनि जनाएको छ।(स्रोत-लुम्बिनी)