भर्जिनिया
अमेरिका बैशाख ३०,
विजय थापा: डिसी ,मे ११ तारिख डिसी महानगर क्षेत्रको भर्जिनिया स्थित आर्लिंगटन पुस्तकालयमा अन्तर राष्ट्रिय नर्स (स्वास्थ्य परिचारिका ) दिवस अमेरिकन नेपाली स्वास्थ्य परिचारिका समाज( सोसाईटी अफ अमेरिकन नेपाली नर्सेज ) को आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ । कार्यकमको उद्घाटन अमेरिकाका लागी नेपाली महामहिम राजदूत तथा प्रमुख अतिथि डा शंकर प्रसाद शर्माले पानसमा बत्ति बाली गर्नु भएको थियो भने स्वागत मन्तब्य नन्दिता चापागाईले गरेकी थिईन ।
कार्यक्रम संचालन कबि ,साहित्यकार तथा अमेरिका नेपाल टेलिभिजनका संचालक हेमन्त श्रेष्ठले गर्नु भएको थियो भने उनले फ्लोरेन्स नाइटइंगलको बारेमा संक्षिप्त परिचय समेत दिएका थिए । SANN (सान) संस्थाको आयोजनामा अप्रिल १४ तारिखका दिन नेपाल पद यात्रामा सहभागी तथा प्रायोजकहरुको परिचय गराईदै कृतज्ञता ज्ञापन गरिएको थियो । उक्त अन्तरराष्ट्रिय नर्स दिवसलाई बिशेष जानकारी दिने उदेश्य अनुसार प्राध्यापक माधवी बस्नेत कार्कीले हिप्पा(HIPPA)भनेको के हो ,स्वास्थ्य परिचारिकाले के के सतर्कता अपनाउनु पर्ने र यो क्षेत्रमा लाग्नेले गोपनियता राख्नु पर्ने तथा बिरामीका कुनै पनि सूचना चुहावट गर्न नहुने जस्ता बारेमा जानकारी दिएकी थिइन् ।
यस संस्थाका सल्लाहकार तथा शुभ चिन्तक नेपाली मूलका बिभिन्न राज्यमा कार्यरत चिकित्सकहरु द्वारा पठाईएको पत्र पढेर सुनाईएको थियो । भर्जिनियाको फ्रन्ट रोयलमा आफ्नो निजि अस्पताल संचालन गर्नु भएका डा गुण राज सुबेदीको शुभकामना समिति सदस्य इन्दिरा श्रेष्ठले ,बोस्टन हार्वर्डमा कार्यरत डा उमेश शर्माको शुभकामना पत्र समिति सदस्य स्मृति शाही ,न्युजर्जिका डा गंगा महतको पत्र समिति सदस्य लक्ष्मी शर्माले तथा डा रेणु शर्मा ,फ्लोरिडाको शुभ कामना पत्र समिति सदस्य रन्जु दाहालले पढेर सुनाएका थिए । अमेरिकामा धेरै बर्ष देखि बसोबास गरि रहनु भएका (Montgomery county )मन्टगोमेरी काउन्टीका कर्मचारी राजेन्द्र छेत्रीले स्वास्थ्य बिमा सम्बन्धमा जानकारी दिदै स्थाई आवाशीय पत्र (ग्रिन कार्ड ) भएका तथा नागरिक लिएका समेतले कसरि अमेरिकन सरकारबाट स्वास्थ्य सम्बन्धि सुबिधा लिन सकिन्छ बारेमा जानकारी गराएका थिए ।
नेपाली मुलकका डिसी महानगर क्षेत्रका प्रख्यात चिकित्सक डा महेश्वर बैधले अन्तरराष्ट्रिय नर्स दिवसको ईतिहास कोट्याउदै फ्लोरेन्स नाइटइंगल बारेमा केहि थप जानकारी दिदै रक्तचाप बारेमा जानकारी दिएका थिए । समाज सेवी तथा पेसामा संलग्न रिता तिवारीले पनि SANN (Society of American Nepalese Nurses )सान् पनि गैर मुनाफा संस्था संग मिलेर काम गर्दा लाभ हुने हुनाले साझेदारिमा काम गर्न सिफारिसको लागि अनुरोध गर्दै साझेदारीले मात्र धान्न सकिन्छ भन्दै मन्तब्य राखेकी थिइन् । नेपालबाट भर्खर अमेरिका आउनु भएकी झन्डै ४ दसक स्वास्थ्य परिचारिका भै कार्य गर्नु भएकी पदमा शाक्यले स्वास्थ्य परिचारिकाको इतिहास बताउदै सन् १९५६ भन्दा अगाडी नेपालमा नर्स (स्वास्थ्य परिचारिका ) महाबिद्यालय नभएको र प्रारम्भिक चरणमा पेशालाई समाज र परिवारले नकारात्मक हेर्ने गरेको उल्लेख गर्दै अब यो पेशा मर्यादित बन्न पुगेकोमा गर्व गरेकी थिइन् ।
अझ यो पेसाको ईतिहास भन्दै नर्स महाबिद्यालय खोल्दा जम्मा १५ जना मात्र भर्ना भएको र त्यसमा ३ जनाले अध्ययन बीच मै छोडेको जानकारी गर्दै अर्को बर्ष बिद्यार्थी झन् वृद्धि हुनु पर्नेमा घटेको जानकारी दिदा सबै आश्चर्य भएका थिए । अमेरिकामा स्वास्थ्य परिचारिकाले औषधी पनि लेख्न सक्ने कुराको उल्लेख गर्दै नेपाल सरकारले यसलाई मान्यता नदिइएको जानकारी गराएकी थिइन् । SANN(सान्) स्थापना हुदा अतुलनीय सहयोग पुर्याउने बिसेष महानुभावहरुलाई महामहिम राजदूत डा शंकर प्रसाद शर्माले ताम्रपत्र वितरण गर्नु भएको थियो । सम्मान पत्र पाउने हुनेहरुमा भर्जिनियाका वरिस्ठ लेखापाल ,हरि शर्मा ,बिक्रम राज तिम्सिना ,अशोक बढेल तथा शिशिर खड्का हुनु हुन्थ्यो ।
प्रमुख अतिथि डा शंकर प्रसाद शर्माले धन्यबाद दिदै संस्थाको कार्यक्रम ब्यबसायिक रुपमा जस्तै संचालन भएकोमा प्रसंसा गर्दै कसरि पेसालाई अगाडी बढाउने हो त्यो बिषयमा सांनले बिचार पुर्याउनु पर्ने र कोष वृद्धि गर्न पनि पहल गरेमा धेरै श्रोत रहेकोले फाईदा उठाउन सकिने सुझाब दिनु भएको थियो । कार्यक्रमको बिचमा नेपालबाट अमेरिका उपचारको लागि आएकी प्रतिभाकी आगनकि बिजेता भाविषा फुयालले दुई वटा नृत्य पनि प्रस्तुत गरेकी थिइन् भने उनको संस्थाको सहयोगलागि आर्थिक संकलन पनि गरिएको थियो । डिसी नेपाल डटकमक संचालक रामहरी सुबेदीले $ १०१ (डलर ) प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारी ,ए एन एस पुर्व अधक्ष्य तथा समाजसेवी प्रेम संग्रौला ,अमेरिका नेपाल सोसाईटीका पुर्व अधक्ष्य तथा भर्खर नेपाल पुगी एकीकृत माओबादीका अधक्ष्य पुष्प कमल दाहाल 'प्रचण्ड 'लाई नेपालीहरुका समस्याहरुको बारेमा जानकारी गराएका खेम भट्टचन ,अनेसास डिसी शाखाका अधक्ष्य प्रकाश
नेपाल तथा अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
समाज सेवी भवानी शर्मा पनि कार्यक्रममा आउदा आउदै गाडीमा प्राबधिक कठिनाई भएकोले आउन नसकेकोमा दुख व्यक्त गरेकी थिइन् lसंस्थाकी अधक्ष्य मंजु संग्रौलाले कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु हुने सबैलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्दै स्थापना कालमा बिशेष सहयोग गर्नेलाई नाम लिदै बिशेष कृतज्ञता ज्ञापन गरेकी थिइन् ।
====== Video........
====== Video........