जेष्ठ जेठ ८, ,
बैदेशिक रोजगारीको सिलशिलामा नेपालबाट साउदी अरब जाँदा तोकिएको काम नपाउने वा कम ज्याला पाउने स्थितिमा दलाल मार्फत भागेका ( खल्ली बल्ली भएका ) नेपालीहरुलाई नेपाली दूतावासले देश फर्किने कागजात (आउटपास) बनाउन अहिले भ्याई नभ्याई छ। साउदी अरबले आममाफी कार्यक्रम अन्तर्गत अवैध विदेशी कामदारलाई बिनाकारबाही आफ्नो देश फर्कन पाउने व्यवस्था सगै वैधानिक बन्ने अवसर दिएको छ ।
नेपाली जनप्रगतिशील मंच साउदी अरबका अध्यक्ष नरेन्द्र छत्याल सगै धन बहादुर ऒलि सक्रिय रुपबाट स्वयम सेवकको रुपमा पिडितहरुलाई घर फर्कने ब्यबस्था मिलाउदौ गर्नु भएको थियो। छत्याल संग स्काईप नेटवर्क मार्फत सम्पर्क गर्दा दुताबासको काममा ब्यस्थ रहनु भएको पिडितहरुको फोनको घन्टी र पासपोर्ट लिनेको निकै घुईचो देखिएको थियो।
नेपाली दुताबासमा भएका कर्मचारी मध्ये पाच जाना बिरामी परिसकेका छन उहाले भन्नु भयो यस अबस्थामा बिहान ४ बजे देखि दुताबासका कर्मचारी शरद पौडेल ले मजदुरहरुलाई देखाएको उद्दर्निय कामको बारेमा उहाँले खुलेर नै प्रसंसा गर्नु भएको थियो। भोलि देखि दूताबास ४ बजे देखिनै र यो आम माफीको लहर रहेसम्म बिदाका दिनहरुमा पनि खुल्ने र खोलिने जानकारी दिदै यसरी जनप्रगतिशील मंचको तर्फबाट दूताबास संग सहकार्य गरेर मजदुरको सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो। साउदीमा यो अवसर आगामी जुलार्इ ३ सम्मका लागि मात्र रहने भएकोले अबसरको फाईदा लिन साउदी अरबमा अबैध नेपाली मजदुरहरुलाई अनुरोध गर्नु भएको छ।
स्वयम आफै पीडित भएर पनि आम माफी खुलेकै दिनदेखि बिहान ६ बजेदेखि राती १० बजेसम्म दैनिक १६ घण्टा नेपाली दूतावास रियादमा पिडित नेपाली दाजु भाईहरुका निम्ति स्वयमसेवक गरिरहनु भएका धन बहादुर वली सहित ४ जनाको स्वयमसेवी टोली लगायत आफ्नो रोजगारमा असर नपारी सक्दो सहयोग पुर्याउनुहुने सबै स्वयमसेवी मित्रहरूलार्इ एन आर एन साउदी पुर्ब अध्यक्ष धर्म के सी ले पनि खुलेरै प्रसंसा गर्नु भएको छ।