रुपन्देही जेठ ८,
रुपन्देहीका जनस्वास्थ्य प्रमुखले यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयरुपन्देहीमा कार्यरत महिलाकर्मचारीले लगाएको आरोप झुटो सावीत भएको छ । राष्टिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय, विभिन्न संघ सस्थाले गरेको एक साता लामो अनुसन्धानले आरोप निराधार भएको निष्कर्ष निकालेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वरप्रसाद श्रेष्ठमाथि कार्यालयकी एक अधिकृत स्तरकी महिलाले यौनदुव्र्यवहार गरेको आरोप लगाउदै करिब तीन दर्जन संघ संस्थामा उजुरी दिएकी थिइन् । राष्ट्रिय महिला आयोगले प्रेसविज्ञप्ती निकालेर चरीत्र हत्यागर्ने उद्देश्यले मात्र दुव्र्यवहारको नाटक गरेको बताएको छ । अनुसन्धानमा संलग्न राष्ट्रियमहिला आयोगकी सदस्य धनेश्वरी चौधरीले कतैबाटपनि कार्यालय प्रमुखबाट यौन हिंसा या दुव्र्यवहारमा नपरेको बताएकि छिन् ।
सरुवा भएर पनि काज लिंदै घरपायकमा बसेकी ती महिला कर्मचारी र कार्यालय प्रमुख श्रेष्ठबीच शक्ति सन्तुलन र जिम्मवारी बाडफाडका बारेमा झगडा हुनेगरेको बताइन्छ । त्यसलाई इगो बनाएर महिला कर्मचारीले पटकपटक सार्वजनिक कार्यक्रम र गोष्ठीमा समेत आफुलाई चरीत्र हत्या गर्न खोजेको जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताएका छन् ।