चार वर्ष देखी हराएकी छोरी खोज्दै बाबु युएईमा


युएई  जेठ ८ ,

त्रिलोचन कोइराला : झापा दमकका मोहन भण्डारी प्राय भेटने मान्छेलाइ आपनो साथमा रहेको तस्बिर देखाउदै भन्छन यो मेरी छोरी हो तपाइले कतै देख्नु भएको छ ? सबैको जबाफ कतै नदेखेको आउछ । भण्डारी निराशा हुन्छन तर पुन: आफनो कामलाई निरन्तरता दिन्छन । भण्डारीले आफनी छोरि कस्तुरीको खोजि गरेको ४ बर्ष पुरा भयो तर भेटाउन सकेका छैन ।

नेपाल र भारतका प्राय अधिकांश स्थानमा पुगेर खोजि गरिसकेका भण्डारीले कस्तुरी भेटाउने लाई आकर्षक उपहार दिने भन्दै स्थानीय तथा राष्ट्रिय बिज्ञापन पनि बनाउन लगाए तर कतै काम भएन भण्डारी आज झिनु आशा भोकेर यएई पुगेका छन् आफनी हराएकी छोरी पाउन । . चार वर्षदेखी हराएकी कस्तुरी भण्डारी ४ वर्ष अगाडी कक्षा १२ को अर्थशास्त्र बिषयको परिक्षा दिने क्रममा केन्द्राध्यक्षले चिट सारेको भन्दै परिक्षा हलबाट निकालिदिएपछि बहकिएकी कस्तुरी घर पुगेर आमा पवित्रालाइ कपि किन्न जाने भनेर हातमा नगद १८० मात्र बोकेर हिडेकी आजसम्म फकिर्एकी छैनन ।

समाजका मान्छेले भनेका हरेक उपाए अपनाई सकेका भन्डारीले अझै छोरी कस्तुरिलाई माया मार्न सकेका छैनन् त्यै भएर आज छोरी पाउनलाई नै टाक्सी चालक भनेर युएईमा छन । भण्डारी भन्छन् चिना ज्योतिषी धामी झाक्री सबै लगाइयो देखाइयो सबैले पश्चिम गएकी छ भने देशमा नपएपछी कतै कसैले लोभ लालशा देखाएर यता पठायोकी भनेर खोज्ने बहानामा म पनि आएको हो ।

उनलाई साउदीबाट नेपाल फकिर्दा पक्राउ परेकी सपनाको घटना थाहा पाए पछी छोरी विदेशिएको संका लागेर युएई आएको बताउछन । थोरै बोल्ने गहुगोरी गोलो अनुहार भएकी कस्तुरी ५ फिट उचाइकी थिन भेटनेले नेपाल प्रहरी वा दमकको उनको घरको सम्पर्क नम्मर ०२३५८०६४५ मा सम्पर्क गरेर उनकै निम्ति जीवन तडपिइ रहेका उनका घरपरिवारलाई नयाँ जीवन दिलाउन भण्डारीका सुभचिन्तकहरुले अनरोध गरेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com