काठमाडौं १०,
जेठ
अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघले आप्mना २५ बुँदे अधिकारपत्र पुरा गराउन दवाव दिन भन्दै आज एक घण्टा उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालय घेराउ गरेको छ । महासंघको संयोजक रामदिप आचार्यको नेतृत्वमा गएको पाँच सय मजदुरको समुहले उद्योग वाणिज्य महासंघको मुल गेटमै घेराउ गरेको थियो ।
गत चैत्र ११ गते मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीलाई र चैत्र १२ गते उद्योग वाणिज्य महासंघमा २५ बुँदे अधिकारपत्र महासंघले बुझाएको थियो । सबै उद्योग कलकारखाना र प्रतिष्ठानहरुमा काम गर्ने मजदुरको न्युनतम मासिक तलव रु १५ हजार हुनुपर्ने, मजदुर आयोग गठन गर्नुपर्ने, सबै औद्योगिक क्षेत्रमा मजदुर आवासको व्यवस्था गर्नुपर्ने, यातायाता सुविधा लागु गर्नुपर्ने, मजदुर पक्षीय श्रम ऐन निर्माण गर्नुपर्नेलगायतका २५ बुँदे अधिकारपत्र कार्यान्वयन गर्न उद्योग वाणिज्य महासंघले पहल गर्नुपर्ने क्रान्तिकारी टे«ड यूनियन महासंघको धारणा रहेको छ ।
घेराउपछि सम्बोधन गर्दै संयोजक आचार्यले मजदुरपक्षीय मागहरु समयमै सम्बोधन नगरे दवावमुलक संघर्षका कार्यक्रम ल्याउन बाध्य हुन चेतावनी दिए । ‘हाम्रो शान्तिपूर्ण घेराउ र धर्नाका कार्यक्रम ल्याउँदा कमजोरीका रुपमा लिएर बेवास्ता गरिए कडा कार्यक्रम घोषणा ल्याउन बाध्य हुनेछौं,’ आचार्यले भने, ‘हाम्रा जायज मागहरु समयमै सम्बोधन होस् यो हाम्रो आग्रहलाई कमजोरी नठनियोस् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका नेवाः राज्य संयोजक शालिकराम काप्mलेले मजदुरहरु आप्mनो अधिकारका लागि जुर्मुराउने बेला आएको भन्दै क्रान्तिकारी मजदुर आन्दोलनमा .सम्पूर्ण मजदुरहरु समाहित हुन अपिल गरे । महासंघले अधिकार पत्र कार्यान्वयन गराउन थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।