चितवन जेष्ठ १०
हतियारको आडमा राजनीति अगाडी बढाएकोले माओ वादी जनताबीच अलोकप्रिय हुदै–
हतियारको आडमा राजनीति अगाडी बढाएकोले माओ वादी जनताबीच अलोकप्रिय हुदै–
नेकपा एमालेका पो
लिटव्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री पाण्डे
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुर
ेन्द्र पाण्डेले हतियारको आडमा राजनीति अगाडी बढाएकोले
माओवादी पार्टी जनताबीच अलोकप्रिय हुदै गएको बताउनु
भएको छ ।
संविधान सभा निर्वाचनको लागि पार्टी परिचालन अभियान
२०७० अन्र्तगत नेकपा एमाले क्षेत्र नम्वर २ चितवनले आज र
त्ननगरमा आयोजना गरेको विस्तारित वैठकमा वोल्दै उहाँले
शान्तिपूर्ण आन्दोलनको तागत बन्दुकको भन्दा कयौं
गुणा ठुलो हुने भएकोले अहिलेको जनलहर एमाले तर्फ
भएको दावी गर्नु भयो ।
माओवादीको हत्तियारको राजनीतिले जनता निरास हुदै
गएको र एमालेको जनताको बहुदलिय जनवाद आम नेपाली
माझ लोकप्रिय भएकोले अवको संविधान सभाको निर्वाचनमा
एमाले सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापीत हुने
जिकिर गर्नुभयो ।
प्रचण्ड सन्की र उट्पट्याङ नेता भएको
ले जनताले उनको विश्वास गर्न छाडेको जिकिर गर्नु भयो
। पूर्व अर्थमन्त्री समेत रहनु भएका नेता पाण्डेले देशको
अर्थतन्त्र सुदृढ बनाउन कृषिमा व्यवसायिकता ल्याउनुपर्ने
बताउनु भयो । कृषि पेशा अन्र्तगतका पोल्टी,केरा लगायत
विभिन्न क्षेत्रमा व्यवसायीकता ल्याउन सके पनि देशको अर्थतन्त्र
मजबुत हुने उहाँले बताउनु भयो ।
नेकपा एमाले क्षेत्र नम्वर २ का क्षेत्रीय अध्यक्ष कृष्ण
कुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा
अञ्चल समन्वय कमिटीका सदस्य राधाकृष्ण पौडेल,राष्ट्रिय
प्रतिनिधि परिषद सदस्य कृष्ण प्रसाद खनाल,जिल्ला अध्यक्ष
जगन्नाथ थपलियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।