चितवन जेष्ठ १०,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले एनेकपा माओवादी सर्वाहारा एवम् गरिव जनताको पार्टी नभइ सामान्तीबर्गको पार्टी भएको बताउनु भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्वर २ चितवनले आज पूर्वी चितवनको जुटपानी खोलेसिमलमा आयोजना गरेको संगठन सुदृढीकरणका लागि अन्र्तक्रिया कार्यक्रममा वोल्दै नेता आचार्यले माओवादी सरकारमा रहदा गरिब दुखी जनताको पक्षमा एक शब्द पनि नबोलि कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाउनु भयो ।
उहाँले नेपाली काँग्रेसले बहुमत ल्याएमात्र संविधान बन्ने बताउनुभयो । नेपाली काँग्रेस गाउँ ईकाई समिति जुटपानीका सभापति कृष्ण बहादुर घिमिरे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जुटपानी संगठन विभाग प्रमुख डोलनाथ रेग्मी स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व सांसद एकनाथ र ानाभाट,महासमिति सदस्य शेषनाथ अधिकारी,नेता तथा शिक्षाविद् डा.तीर्थ खनिया, जिल्ला सचिव जितनारायण श्रेष्ठ, प्रजातान्त्रीक सेनानी संघका केन्द्रीय सदस्य र्तिलोचन निर्मल पौडेल,गाउँ समिति सचिव बलराम पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।