उपचारको क्रममा विरामीको मृत्यु भएपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान तनाव ग्रस्त

धरान जेठ 0१,

शल्यक्रियापछि बिरामीको मृत्यु भएको विषयमा तनाव बढेपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा ठप्प भएको छ । विरामीको मृत्यु हुनुको वास्तविक कारण पत्ता लगाउन प्रतिष्ठान व्यवस्थापनले छानविन समिति बनाएको भन्दै चिकित्सकहरु ड्यूटीमा नगएर कामकाज ठप्प पारेका छन् । 

उपचारको क्रममा विरामीको मृत्यु भएपछि छानबीन समिति गठन गरेर डाक्टरलाई कारबाही गर्न नहुने चिकित्सकको भनाई छ । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ओपिडी सेवामा उपचार गर्न टाढा टाढाबाट आएका सयौं विरामीहरु अलपत्र परेका छन् । सर्वसाधारणले ओपिडी सेवाको पूर्जीसमेत लिन नपाएपछि आक्रोशित बनेका छन् । मृगौलाको पत्थरी हटाउन गरिएको शल्यक्रियामा धरान–११ सृजनामार्गकी ३० बर्षीया मनमाया तामाङको गएराती मृत्यु भएपछि मृतक पक्ष र चिकित्सकहरुबीच विवाद भएको थियो । 

गत बैशाख २२ गतेमेडिसिन एण्ड डेन्टल वेल्फेर सोसाइटीका अध्यक्ष समेत रहेका डाक्टर चन्द्रशेखर अग्रवालको नेतृत्वमा गलत शल्यक्रिया हुँदा झन् सिकिस्त भएकी मनमायाको सघन उपचार कक्षमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो । पीडित पक्षले चिकित्सकको लापरबाहीले गलत शल्यक्रिया भएको भन्दै डाक्टर अग्रवालको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com