सुर्खेतमा गोली चल्यो, माओवादी केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, जेठ 0१ ,

सुर्खेतमा नेकपा-माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । माओवादीले नागरिकता बिधेयकविरुद्ध प्रदर्शन गर्ने क्रममा झडप भएको हो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा ३ जना माओवादी कार्यकर्ता घाइते भएका छन् भने केन्द्रीय सदस्य भरत बमसहित ९ जना पक्राउ परेका छन् ।

सुर्खेतको मैनतडा, जहरेमा आयोजना गरिएको सभास्थलमा प्रहरी र माओवादी कार्कर्ताबीच झडप भएको हो । सो स्थानमा माओवादीले विदेशीलाई नागरिकता दिने अध्यादेशको खारेजी र नागरिकता वितरणको कार्य रोक्न माग गर्दै विरोघसभाको आयोजना गरेको थियो । यसैबीच, माओवादी प्रवक्ता पप्फा भुषालले प्रहरीले गरेको हस्तक्षेपविरुद्व आपत्ती जनाएकी छन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका कार्यकर्ता माथि प्रहरीले हस्तक्षेप गरी गोली समेत चलाएकोमा आपत्ती जनाएकी हुन् । प्रहरी हस्क्षेपबाट केन्द्रीय सदस्य भरत बमसहित ९ जनालाई गिरफतार गरिएको भन्दै उनले घाइतेलाई उपचार तथा क्षतिपुर्ति तथा गिरफ्तारलाई बिनासर्त रिहा गर्न माग गरेकी छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com