साझा सवाल :286 Politics of Forest Encroachment

साझा सवाल : यो साझा सवालमा हामी वन अतिक्रमणको बारेमा कुरा गर्दैछौं । वन संरक्षणको कुरा गर्ने हो भने जब राजनीति अस्थिर बन्छ, त्यसको मार वनमा पर्छ । विभिन्न बहानामा रूख काटिन्छन्, बस्ती बसाइन्छन् । सरकारी अध्ययन प्रतिवेदनले भन्छ, त्यसरी बन फाँडिनुमा राजनीतिक दलका कार्यकर्ता, वन कर्मचारी र उपभोक्ताको मिलोमतो हुने गर्छ । अहिलेको अस्थिर राजनीतिमा पनि वन फेरि फाँडिनेछ कि संरक्षित हुनेछ त? वन अतिक्रमण हुनेमध्ये अग्रपंक्तिमा पर्ने जिल्ला उदयपुरको गाईघाटमा तयार गरिएको यो साझा सवालमा वन विभागका महानिर्देशक ब्रजकिशोर यादव, एकीकृत नेकपा (माओवादी) नेता तथा तत्कालिन संविधानसभाको प्राकृतिक स्रोत साधन समितिको वन संरक्षण समस्या अध्ययन टोलीका संयोजक रामकुमार शर्मा र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का पूर्व महासचिव तथा वन संरक्षणमा संलग्न भोला भट्टराई हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com