शिशिर सिंखडा : पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको
चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकाको लागि आज
आद्यान्न सहयोग भएको छ । भरतपुरको मिना लामिछाने ट्रष्टले
५ वोरा चामल, ५ लिटर तेल र एक दिनको खाजा सहयोग गरेको
हो ।
केन्द्रका आज आयोजित एक कार्यक्रमको आयोजना
गरि ट्रष्टका संरक्षक एलवी क्षेत्रीले केन्द्रका अध्यक्ष के
पिकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । यसैगर
ी बकुलहर रत्ननगर अस्पतालको स्वास्थ्यकर्मीहरुको टोलिले
संरक्षण केन्द्रमा आश्रित वालवालिकाको स्वास्थ्य परीक्षण समे
त गरेको छ ।
अस्पतालका चिकित्सक भोजराज खनालको नेतृत्वमा
गएको टोलीले वालवालिकाको रुवाखोकी, निमोनिया, ज्वरो र
घाउ खटिराको स्वास्थ्य परीक्षण गरेको हो । केन्द्रमा मकवानपुर
को काँकडा,चितवनको सिद्धि,कोराक,काउले लोथर र शक्तिवोरका
४६ जना चेपाङ वालवालिका अवासीय सुविधा सहित अध्ययन गरिरहे
का छन ।
केन्द्रमा यस बर्ष २१ जना चेपाङ वालवालिका थपिएका
छन । सहयोगीहरु संग सहयोग जुटाएर चेपाङ वालवालिकालाई
आवासीय सुविधा सहित अध्यापन गराईरहेको संरक्षण केन्द्रमा
अहिले खाद्यन्न संकट परेको केन्द्रका अध्यक्ष शर्माले जानकार
ी दिनुभयो ।