गजल : By, सनम गोले



आफ्नै मान्छेबाट घात भयो
दिउँसै औंशीकोझैं रात भयो

अब उनले बाटो तताउँछिन रे
टेलिफोनमा आज बात भयो

हिजो माया पाउँन मरी मेट्थीन
आज मेरोमाया धेरै मात भयो

खै कसरीभो यो सब अच्चम ?
लाग्छ दुश्मनको नै हात भयो

अकस्मात किन हानिन्न छातीमा
बिर्सनै नसकिने ठुलो लात भयो

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com