सप्तरी बैशाख २२,
वैदेशिक रोजगारमा युवा विदेसिने क्रम बढेसँगै सप्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
एक सय पाँचजना एचआइभी सङ्क्रमितमध्ये अहिलेसम्म सप्तरीमा १० जनाको मृत्यु भइसकेको छ भने ४२ जनाले नियमित स्वास्थ्य उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका एचआइभी कार्यक्रम संयोजक विष्णुकान्त देवले जानकारी दिएका छन् ।
मृतकमध्ये ६ पुरुष र ४ महिला रहेको उनले बताए । उनले दिएको जानकरी अनुसार अहिले जीवित रहेका ९५ जना एचआइभी सङ्क्रमितमध्ये १० जना बालबालिका रहेका छन् ।
जिल्लामा अरू पनि नयाँ एचआइभी सङ्क्रमितहरु फेला पर्ने सम्भावना रहे पनि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा मात्र एचआइभी जाँच गर्न भिसिटी सेन्टर रहेकाले समस्या भएको संयोजक देवले बताए ।
युवा विदेसिने क्रम बढ्को र असुरक्षित यौन सम्पर्कले एचआइभी सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सकहरु बताए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै