विजय थापा : धरान अमेरिका समाजले नया बर्ष २०७० को उपलक्ष्यमा अमेरिकाको भर्जिनिया राज्यको मनासस क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्यो । संस्कृति ,परम्परालाई प्रबर्धन र सम्बर्धन गर्न सदैब अहम भूमिका निर्वाह गर्दै आई रहेको धरान अमेरिका समाज ,समाज सेवा प्रति समर्पित छ ।
यसपालीको नव बर्षमा थरि थरिका खाध्य सामग्री बनाउने बिसेस त महिलाहरुलाई पुरस्कृत बनाउने उदेश्य लिइएको थियो र सो कार्यक्रममा परिकारमा स्वादिस्ट बनाउने हुने महिलाहरुलाई खाना मिठो बनाउने प्रतिभालाई कदर स्वरुप प्रथम र द्वितीयलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम संचालक संस्थाका महासचिब आर के धमलाले गर्नु भएको थियो भने अधक्ष्य बिमल आचार्यले सबैलाई स्वागत गर्दै धरान अमेरिका समाजको उदेश्य समाज सेवा सेवाको साथ साथै परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु भन्नु भएको थियो ।
संस्थापक अधक्ष्य विजय थापाले पनि यो संस्था सन् २०१० मा स्थापित अमेरिकी सरकार द्वारा मान्यता प्राप्त गैर मुनाफा संस्था हो भन्दै यसले बिगतमा गरेका कार्यक्रम गरेको बारे जानकारी गराउदै सबैलाई नया बर्षको शुभकामना दिनु भएको थियो ।