गजल : By, आरके थापा



आज भोली हल्का नसा , तान्न थालेको छु ।।
कस्तो हुन्छ त्येस्को स्वाद , जान्न थालेको छु ।

प्रदेशमा सबै भन्दा , साथी प्यारो रैछ ,
उन्ले भन्ने कुराहरु , मान्न थालेको छु ।।

साथिहरु वेहोशी भै , रम्छन सधैनै ,
बोतल तिरै नजर , हान्न थालेको छु ।।

पिउछन चिसो लाई , तातो बनाउदै ,
स्वाद फेर्न मैले पनि , झान्न थालेको छु ।।

रोजी छाडी पिउछन , रातो अनी सेतो ,
म पनि के कम थियँ , छान्न थाले को छु ।।

आरके थापा ,
बोच - दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com