शास्त्र हराए सस्कार हराउँछ सस्कार हराए संकृति हराउँछ संस्कृति हराए पहिचान हराउँछ पहिचान हराए मानिस हराउँछ त्यसैले आफ्नो मौलिक धर्म-संकृति रक्षाको लागी( तामाङ घेदुङ इजरायल) स्थापना भएको सस्थाले जनाएको छ ।
गत १२ अप्रिल २०१३ शुक्रबारको दिन तेल-अभिब लेवन्स्की पार्क मा भएकेा बिषेश भेलाले इजरायालमा कार्यरत तामाङ् दीदी बहिनी तथा दजुभाइहरुको उपस्थितमा सस्थाकेा स्थापना सँगै जीवन तामाङ्को अध्यक्षतामा तामाङ् घेदुङ इजरायलको कार्यसमिति गठन गरिएको तामाङ घेदुङ र्इजरायलले जनाएकेा छ ।
कार्यसमितमा: उपाध्यक्ष सुनिता वाईबा तामाङ कोषाध्यक्ष प्रतिमा तामाङ थिङ सचिबमा बिनोद तामाङ थिङ सह-सचिबमा अविज तामाङ र सदस्यहरुमा राम तामाङ् लोप्चन ,माया तामाङ(ब्लोन), कर्मु तामाङ ब्लोन, सुनिता तामाङ (मोक्तान ),दिबस तामाङ (घिसिङ) र सुनिता तामाङ थिङ)रहनुभएको छ
बिशेष गरि र्इजरायलमा रहनु भएका दिदि बहिनि तथा दाजुभाईहरूलाई दु:ख कष्ट र समस्याहरू आइपर्दा सहयोग गर्ने ,नेपाली तामाङ दाजुभाई तथा दिदिबहिनीहरू संघठित गर्दै आफ्नो धर्म, भाषा, सस्कृति,को जगेर्ना साथै आफ्नो मातृभूमि नेपालमा आदिबासी जनजातिले आफ्नो हक हितको लागि उठाइराखेको मुद्दाहरुमा पूर्ण सहानुभुति र समर्थन रहेको तामाङ घेदुङ इजरायलले जनाएको छ ।
।