फिरौती असुल्ने प्रहरीको नयाँ शैली

वीरगंज बैशाख ०१, 

वीरगंज, समाज र देशमा रहेबसेका सम्पूर्ण नागरिकलाई शान्तिपूर्ण वातावरणका सहजताका साथ आ–आफ्नो काम निर्धक्कासाथ सञ्चालन गर्ने वातावरण निर्माणमा गर्ने मूख्य उद्देश्यले स्थापित नेपाल प्रहरीभिका काला कतूर्तहरू क्रमशः छर्लङ्ग हुँदै आइहरेको छ । 

विभिन्न आपारधिक समूहले फलानो व्यापारीलाई धम्की दियो, फलानोलाई अपहरण ग¥यो, फलानो बै ंक लुट्यो, फलानो व्यापारीक स्थलमा बम पड्कायो, हत्या, लूटपाट भयो, गाउँमा डाकाँले लूटपाट ग¥यो लगायतका समाचारहरू दिनहुँजसो प्रकाशमा आइरहँदा वास्तवमा त्यो कसको संलग्नतामा भयो ? त्यस्तो किन भयो ? वास्तविक अपर ाधी को हुन् ? के साँच्चिकै बाहिरकै अपराधीले यस किसिमका आपारधिक घटना गराएका हुन् त ? भन्ने विषयमा सबैलाई थाहा नहोला तर एउटा क्राइम चेकले एउटा तितो यथार्थ घटनासँग सामना गर्नु परेको छ । 

वास्तवमा हाम्रो समाजमा हुने गरेका अधिकांश आपराधिक कृयाकलापमा प्ररहीको संलग्नता नै भएको हुन्छ भने कतिपय घटनामा प्रहरी स्वयंले गरेको वा गर्न लगाएको हुन्छ । विभिन्न व्यापारीक प्रतिष्ठानका मालिकलाई फोन गरी धम्की दिन लगाउने र फिरौती असुल गर्ने, अपहरण गराउने, जाली नोटको कारोबार गराउने, तस्करी गराउने देखि लिएर सामाजविरोधी गतिविधि गर्ने सम्मका काम र राजनीति गर्ने काममा पनि प्रहरीले प्रत्यक्ष रुपमा लागेर आफ्नो पदीय दायित्व र र ाज्यले दिएको जिम्मेवारीलाई धोती लगाइरहेको थुप्रै उदाहरणहरू हामी सबैले हेर्दै र बुझ्दै आएका छौं । 

यद्यपि समय समयमा केही अपराधीहरू पक्राउ नगरिएको भने होइन तर केही ईमान्दार प्रहरीले मात्र प्रहरी संगठनको छविलाई बचाउँदै आइरहँदा विभिन्न गलत प्रवृत्ति र चरित्र बोकेका प्रहरीहरूका कारण प्रहरी संगठन दिनप्रतिदिन बदनाम हुँदै गइरहेको छ । पछिल्लो समयमा नेपाल लगायत पर्सा जिल्लामा बढ्दै गरेको आपारधिक कृयाकलापमा प्रहरीको संलग्नता निकै बढीरहेको बुझिएको छ । नेपाल लगायत विश्वभरी नै इन्टरनेट र प्रविधिको प्रयोग बढीरहेकै समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत पनि आपराधिक गतिविधि गर्नेहरू नेपालमा सक्रिय हुन थालेको एउटा पछिल्लो घटना हो – क्राइम चे क साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोष कुमार मिश्रसँग फेसबुकबाट ज्यान मार्ने धम्की दिंदै १० लाख रुपैयाँ समेत माग गरिएको छ । 

क्राइम चेक साप्ताहिक पर्साको वीरगंजबाट प्रकाशित हुने पत्रिका हो । सामाजिक सञ्जाल फेसबुकमा मुन्ना सिंहको नामले खोलिएको फेसबुक खाताबाट सम्पादक मिश्रलाई मित्रताको अनुर ोध पठाउँदै त्यसको म्यासेज बक्समा हिन्दीमा “ए साले पत्रकार, क्या हाल है, तेरेको खल्लास करना है मुझे १० लाख भेजो ” (ए साले पत्रकार के छ खबर, तँलाई मार्नु छ मलाई १० लाख रुपैयाँ दे) भन्ने धम्की आएको छ । त्यसको भो लीपल्ट साँझ फेरी म्यासेज पठाउँदै “म्यासेज नही मिला तुमको ? मेरे नम्बर पे फोन करो” (तँलाई म्यासेज पाएन ? मेरो नम्बरमा फोन गर !) भन्ने खालका सन्देश पठाइ ज्यान मार्ने धम्की समेत दिएपछि सम्पादक मिश्रले पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी लगायत प्रहरीका सबै निकायमा म्यासेज फरवार्ड गरेका थिए । 

https://www.facebook.com/।dhananjay.giri2।https://www.facebook.com/ (मुन्ना सिंह) को फेसबुक खाता र अर्का एक जना (मनोज यादव) जततउकस्ररधधध।ाबअभदययप।अयmर ढडद्धछण्द्धद्दद्धण्टकmरु चभा.तक७ाचभा.तक को फेसबुक खातामा राखिएको नम्बरहरू ९८४५१०१९५५, ९८४५०४०७०६, ९८४५० ४२४०६ (वर्क), र भारतीय नम्बर ं०९१ ८९८७५४३८७६ नम्बर उल्लेख गरिएको छ । जसमध्ये दुई वटा नम्बर प्रहरीकै रहे को प्रस्ट भइसकेको छ । तर उक्त फेसबुक खातामा जुन प्रहरीको नम्बर राखिएको छ तिनीहरूलाई फेसबुकका बारेमा कुनै जानकारी नै रहेको सम्पादक मिश्र लगायत पर्साका प्रहरी उपरीक्ष पिताम्बर अधिकारी समक्ष दाबी गर्दै आएका छन् । 

हुन पनि क्राइमचेकले बुझ्दै जाँदा ती प्रहरीहरूलाई ईन्टरनेटबारे सामान्य ज्ञान समेत नरहेको अवस्थामा तिनहरूको नामबाट फेसबुक बनाई आखिर धम्की कसले दियो ? प्रहरीलाई कसले बदनाम गर्न खोज्दैछ ? कि प्रहरीले यस्तै विधि प्रयो ग गरी व्यापारीहरूलाई धम्काएर, तर्साएर असुली गर्ने गरेका त छैनन् ? प्रहरीकै नम्बर प्रयोग गरी जिम्मेवार सञ्चार माध्यमका सम्पादकसँग १० लाख रुपैयाँ माग गर्ने र ज्यान मार्ने धम्की समेत दिनुको तात्पर्य के हो ? के प्रहरीको नामबाट बाहिरी व्यक्तिले यसरी धम्की दिने हिम्मत जुटाउन पाउलान् त ? यो प्रहरीभित्र अथवा ती दुई वटा नम्बर भएका प्रहरीहरूसँग आन्तरिक रिसिवीका कारण कसैले गलत फाइदा उठाउन खोजेको त होइन ? 

यदी कसैले प्रहरीकै बदनामी गर्न खोजिरहेको छ वा प्रहरीको नाममा आपारधीक घटना हुने गरेको छ भन्ने प्रमाणित गर्न खोज्ने वास्तविक व्यक्तिको हुन् ? ती व्यक्तिले फिरौती वा ज्यान मार्ने धम्की नै दिनुपर्ने थियो भने प्रहरीकै नम्बर किन प्रयोग भयो ? यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविक दोषी जो भएपनि त्यसलाई कानुनको कटघरामा उभाएर कडा भन्दा कडा कारवाी गरी प्रहरी संगठनको बदनामी हुनबाट बचाउन पछि हट्नु हुँदैन ।
क्रमशः सन्तोषकुमार मिश्र वीरगंज, पर्सा मोबाइल नं. ९८४५०९४५५५
अनुरोधः ती अज्ञात व्यक्तिको नाममा प्रहरीको नम्बर राखेर खोलिएको फेसबुक खाताबाट आएका म्यासेजहरू, र फोटोमा सार्वजनिक रुपमै गरिएको धम्कीपूर्ण कमेन्टहरूको लागि सन्तोष मिश्रको यो फेसबुकमा ब्मम हुन सक्नुहुनेछ । धन्यवाद ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com