संखुवासभा खाँदबारीमा आगलागी पाँच जलेर नष्ट
काठमाण्डौ बैशाख ०२,
नारीदर्पण डटकम संवाददाता : संखुवा सभाको खाँदबारी वडा न: १ स्थित टुंडिखेल बजारमा भिषण आगलागी भएको छ ।
रातिको ३ बजे बाट सुरु भएको आगलागी बिहान ६ बजे मात्र नियन्त्रण मा आएको थियो । जिल्लामा वारुद यन्त्र नभए पछि स्थानीयवासी र सुरक्षाकर्मीलाई घन्टौं समय लागेको थियो ।
आगलागी बाट पाँच ओटा घर जलेर नष्ट भएको छ । उक्त आगलागी बिधुत सर्किट भै लागेको अनुमान गरिएको छ । आगलागी स्थानिय कृष्ण मोहन शाक्य को घर बाट सुरु भएको थियो । आगलागी भएका सबै घरहरु होटेल र पसल थिए । यस घटना बाट के कति क्ष्यति भयो त्यसको पूर्ण विवरण आउँ बाँकी नै छ ।