धुजा मन सिउदैंछु : By, बिक्रान्त पहाडी



अँध्यारोमा बसी म ,उज्यलो टुकी -अरुलाई दिएको छु !
शीर अरुको उच्च राखी ,म आफु झुकीदियेकोछु !!

दाउरा झैँ जली म अरुकै चुलो फुकी दिएको छु !
अरुलाई राखी स्वोदेशमा, म बिदेशमा लुकिदियेकोछु !!

राख्न अरुलाई सिंगो, म आफु चुकिदियेकोछु !
छाती फुकाउन अरुकै म आफै सुकिदिएको छु !!

जसो तसो परदेशमा आँशु पीइ ज्युंदैछु !
धुजा-धुजा मन टाल टुल पारि सिउदैंछु !!

 बिक्रान्त पहाडी
तनहुँ नेपाल, हाल युएइ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com