मे १ को महत्व र मजदुर दिवसको आन्दोलन !



काठमाण्डौ बैशाख १८, 

कल्पना पौडेल : सन १८८८ मे १ का दिन अमेरिकाको सिकागो शहरबाट सुरु भएको मजदुरहरुको आन्दोलनले ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजन गर्ने मान्यतामा स्थापना गराएको थियो। ८ घण्टा मात्र काम गर्ने मजदुर माग पुरा नगरेपछी सन् १८८८ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौं मजदुरहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए। मजदुरको माँग पुरा नगर्ने निर्णय तत्कालिन अमेरिकि सरकारको थियो । 

आन्दोलन २ दिन सम्म शान्ती पूर्ण भएतापनि तेस्रो दिनको प्रदर्शन आन्दोलन माथि त्यहाँको सरकारले व्यापक दमन गरेको थियो। ६ मजदुरहरूले त्यहाँ शाहदत प्राप्त गरेका थिए। मजदुर नेताहरू पार्सन, स्पाइस र एंगेल्स लागयतलाई मृत्युदन्ड दिइएको थियो। त्यो, गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो। २० अगष्ट १८६८ सालमा बाल्टीमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घण्टा कामको माँग राख्दै नेसनल लेवर युनियन' भन्ने एक सङ्गठनले निर्माण गरेका थिए। आजको मजदुर आन्दोलनमा मे १ को ठुलो ऐतिहसिक महत्वराखेको छ । 

मजदुरहरुको त्यो अन्तराष्ट्रिय महत्वपूर्ण संगठनको नेतृत्व एक प्रतिभाषाली मजदुर नेता एच' सिल्विसले गरेका थिए। उनले अन्तराष्ट्रिय नेताहरु सँग बारम्बार पत्र व्यबहार गर्ने गर्दथे। सन १८६७ सालको अधिवेशनले अन्तराष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो। सन १८६९ सालमा लेवर युनियनले प्रथम अन्तराष्ट्रिय निमन्त्रन निमन्त्रणालाइ मजदुर आन्दोलनका महान नेता एच' सिल्विसको दु:खद पूर्ण निधन भएको थियो । त्यसैले एसी' केमरानलाई अन्तराष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उहाँ सिकागो बाट प्रकासित हुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्ररिकाका सम्पादक हुनुहुन्थ्यो। 

एच 'सिल्विसको मृत्‍यु पछी लेवर युनियनमा खराब ब्यक्तिको प्रबेशले बद्नाम हुँदै बिधटन हुन पुग्यो। मे १ का दिन विश्वभर र नेपालमा पनि १२४ औं मे दिवश मनाइन्छ। श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरूद्धमा मजदुरहरूले गरेको आन्दोलनको स्मरण स्वरूप मे दिवश मनाउँदै आउने गरिएको छ। विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनैतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो महत्व रहेको छ। नेपालमा वि स २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन शुरू भएको थियो। नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभएता पनि देशमा चल्ने गरेका राजनैतीक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् र पनि मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनिभूत गर्न अहिलेसम्म पनि पाएका छैनन्। 

काम गर्ने समयलाई सुनिस्चित गरेर जब सम्म कानूनी रुपमा बाधिदैन तवसम्म मजदुर बर्गको खुशी र स्वतन्त्रताको लागि गरिने सबै संघर्षको प्रयास निरर्थक हुनेछन" भनेर सन १९६६ साल सेप्टेम्बर मा जेनेभामा सम्पन्न भएको प्रथम अन्तरराष्ट्रिय कांग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो भने ; नेसनल लेवर युनियनले उठाएको ८ घण्टा कामको मागलाई कार्ल माक्सले पनि जोडले समर्थन जनाएका थिए। सन १९६७ सालमा प्रकाशन भएको पुजिको प्रथम खन्डमा मार्क्सले निग्रो र गोरा मजदुरहरुको वर्गहकहितको कुरा उठाएका छन। 

मार्क्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाधिन मार्क्सले जोड दिएको पाईन्छ। पूंजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएनन। यसै बिच सन् १८८६ को मजदुर आन्दोलन ताक विश्व सर्वहारावर्गका महान् नेता कार्ल मार्क्सको निधन भयो। मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने अझै आवश्यकता देखिन्छ । 

मजदुरवर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो। यही शक्तिको दुरूपयोग गर्दै विभिन्न अवसरवादी संगठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन्। मजदुरहरूको मुक्ति अभियानलाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी संगठनहरू क्रियाशील रहेका छन। देश गम्भीर संकटमा फसिरहेको वर्तमान अवस्थामा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नु पर्ने बेला आएको छ । 

कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुने गर्दछ। बिभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ। त्यसो त विश्वकै मजदुर आन्दोलन त्यती शक्तिशाली छैन। विभिन्न अवसरवादी संगठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एकाबद्ध हुनु जरूरी र आबस्यक्ता पनि देखिन्छ।  

कल्पना पौडेल '' जिज्ञासु '' 
 बुटवल, हाल इज़रयल !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com