गजल : By, सनम गोले



मरेपछि लाश रहेछ जीवन
बचेसम्म आस रहेछ जीवन

प्रकितिको नियम संग चल्नु
मात्रसमयको दाश रहेछ जीवन

हुदा सर्वस्व नहुदा रित्तो एउटा
जितहारको तास रहेछ जीवन

हरेक कर्तव्यमा उतिर्ण हुनुपर्ने
एउटा फेल पास रहेछ जीवन

भौतिक शरीर त्यागी एकदिन
माटोमामिल्नु नाश रहेछ जीवन


सनम गोले
दामन ,मकवानपुर
हाल मलेशिया


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com