गज़ल : By, कोमल भट्ट



देव्रे आँखा फरफरायो के हुने हो फेरि
पूरै शरीर थरथरायो के हुने हो फेरि

हुकुचिलले कराएर कुलच्छिन भो सधैं
भ्यागुतो नि टरटरायो के हुने हो फेरि

सबै कुरा बेस्वादिला मिठास छंदै छैन
टिम्मुर झैं परपरायो के हुने हो फेरि

चारै तिर विसंगति देख्दा छाती दुख्यो
लगातारै चरचरायो के हुने हो फेरि

कहाँ गयो "कोमल" भाव कतै देखिएन
आँसु मात्रै बरबरायो के हुने हो फेरि

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com