गजल-१४ : By, कल्पना राई"खुशी"



मनमा मायाको अमिट छाप दिएर गयौ ।
अंगाल्दै सुस्तरी पिठ्युमा धाप दिएर गयौ ।।

... उर्लन्छ खहरे सम्झना बनि छल्केर आँशु,
चिसिन्न कहिले अनौठो ताप दिएर गयौ ।।

ढले म काखैमा बेहोस भई बिछोड सम्झी,
रोकीदा धड्कन स्वासको चाप दिएर गयौ ।।

सडक किनार काम्दैथे म त तुषारो पर्दा,
किनेर पछ्यौरी आँतमा खाप दिएर गयौ ।।

ढुङ्गामा फूल्दैछ गुलाबी भाव"कल्पना"गर्दा,
खुशीमा आशुको अमुल्य फाप दिएर गयौ।।

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल-द.कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com