गीत : By, ' नरेन्द्र घर्ती '



जस्लाई मैले जिन्दगिभर
चाहे जीवनसाथी,
आज त्यहिं मेरी माया
बनी बिस्वासघाती,

खुसी दिन गरेका मेरा अनेक कोशिशहरू
बेकार गए आज तिनै हरेक कोशिश हरू
सधैं मैले उठाउँन चाहे उन्लाई माथी
आज त्यहिं मेरी माया …
जस्लाई मैले जिन्दगिभर ..


उनी संगै जिउँने मर्ने पिरति का सपना
उल्टो भयो तर अहिले यथार्थमा बिपना
देखावटी उनको माया ठानेछु मैले जाती
आज त्यहिं मेरी माया …
जस्लाई मैले जिन्दगिभर ..

' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com