सोलुखुम्बु, चैत ३०,
जुवु निवासी झाँक्री सेते तामाङलाई आफैँले झारफुक गर्दै गरेका बिरामीले खुकुरी प्रहार गरेका छन्। पैँतालीस वर्षीय झाँक्रीले मुक्ली-१ रन्देपु निवासी तुलसा बस्नेतलाई उपचार गर्दै गर्दा बिरामीद्वारा नै खुकुरी प्रहार गरिएको हो।
खुकुरी प्रहारबाट घाइते बनेका झाँक्री तामाङको जुवुस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट तामाङको टाउकोमा चोट लागेको छ।
झाँक्रीमाथि खुकुरी प्रहार गर्ने बिरामी तुलसाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।
बिरामी परेकी तुलसा पनि केही महिनाअघिदेखि शरीरमा देवता चढेको भन्दै काम्न थालेको र झाँक्री तामाङले झारफुक गर्दैगर्दा झारफुकका लागि प्रयोग गरिएको खुकुरीले झाँक्रीमाथि नै प्रहार गरेको बताइएको छ।
मङ्गलबार राति झाँक्रीमाथि खुकुरी प्रहार भएपछि झाँक्री राति नै भागेर घर गएका थिए।
सदरमुकामबाट एक दिन टाढा रहेकाले प्रहरीले बिहीबार साँझमात्र खुकुरी प्रहार गर्ने तुलसालाई सदरमुकाम ल्याएको हो।
तर बिरामी तुलसाको स्वास्थ्य अवस्था खराब रहेकाले उपचारका लागि फाप्लु अस्पताल भर्ना गरिएको छ। खुकुरी प्रहारबाट घाइते झाँक्री तामाङको पनि स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले बताए। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै