यो नव वर्षको,शुभकामना छ है
खुसी र हर्षको,शुभकामना छ है
शान्ति र संबिधान,लडेरै ल्याउँला
सफल संघर्षको,शुभकामना छ है
निकालौं साथी हो,निकास देशमा
उचित निष्कर्षको,शुभकामना छ है
मिलौँ सबै जना,भातृत्व भावले
विचार विमर्शको,शुभकामना छ है
अब वियोगको,झलक मेटियोस
मिलन स्पर्शको,शुभकामना छ है
कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क
चैत्र २८ २०६९