बर्लिन (सिन्हवा), चैत्र २९,
जर्मनीमा गरिएको सर्वेक्षणमा चान्सलर एन्जेला मार्केलको संयुक्त सरकारले आउँदो सेप्टेम्बरमा हुने आम निर्वाचनमा सरकार गठन गर्न सक्ने गरी बहुमत प्राप्त गर्ने देखिएको छ । वर्तमान प्रशासनका लागि गत तीन वर्षमा यसलाई सबैभन्दा राम्रो सर्वेक्षणको रूपमा लिइएको छ ।
फोर्सा संस्थाले गरेको सर्वेक्षण तथा स्टर्न पत्रिका तथा आरटीएल प्रसारण संस्थाले दिएका समाचारमा मार्केलको क्रिस्चियन डेमोक्र्याट तथा उनीहरूका साझेदार क्रिस्चियन सोसियल युनियनले ४१ प्रतिशत समर्थन प्राप्त गर्ने देखिएको छ । यसैगरी उनीहरूका सानो साझेदार फ्री डेमोक्र्याटले ६ प्रतिशत समर्थन प्राप्त गर्ने सर्वेक्षणमा देखिएको छ ।
फोर्सा संस्थाले सहयोगी दलहरूको साथमा गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको उल्लेख गरेको छ । फोर्साले सन् २००९ पछि गरेको यो पहिलो सर्वेक्षण हो जसमा चान्सलर मार्केलको सरकारले सहयोगी दलहरूको सहयोगमा बहुमत प्राप्त गर्ने देखिएको छ । यसको विपरीत प्रतिपक्षी सोसियल डेमोक्र्याटिक युनियनप्रतिको समर्थन २३ प्रतिशतमा झरेको छ ।
जर्मनीमा यस वर्ष सेप्टेम्बर २२ मा आम निर्वाचन हुनेछ । यस निर्वाचनमा चान्सलर मार्केलले तेस्रो पदावधि खोज्ने भएको छ । सरकारी प्रशारण संस्था एआरडीले गत साता गरेको सर्वेक्षणमा चान्सलर मार्केलले ६८ प्रतिशतको समर्थन प्राप्त गरेको देखिएको छ ।
चान्सलर मार्केलले युरोक्षेत्रमा ऋण संकटका समयमा लिएको अडान, युरोक्षेत्रका सदस्यहरूलाई कडा आर्थिक मितव्ययी नीति अलवम्बन गर्न दिएको दबाब तथा संकटको समयमा सञ्चालन गरेको घरेलु अर्थतन्त्रका कारण उनको मुलुकभित्र समर्थन निकै बढेको देखिएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै