स्वर्ग जसतै सुन्दर होश् हाम्रो देश हाम्रो परिवेश।
भगवान को नै घर होश् हाम्रो देश हाम्रो परिवेश।
दुई हजार सत्तरी सालमा भ्रष्टाचार सुन्य होश।
उदाहरण वर पर होश् हाम्रो देश हाम्रो परिवेश।
नाङ्गो जीउमा कपडा होश।भोको पेटमा खाना होश।
सबको आफनो थर होश् हाम्रो देश हाम्रो परिवेश।
सगरमाथा चम्किरहोश् डाँफे मुनाल नाची रहुन।
हरियाली मनोहर होश् हाम्रो देश हाम्रो परिवेश।
सुख शान्तिले वास गरुन् गाँउ, शहर, वस्तिहरुमा।
मान्छेलाई मार्न डर होश् हाम्रो देश हाम्रो परिवेश।
दिन रात मेहनत गर्ने हली किसान दाई जस्तै,
सबको सँगै सफर होश् हाम्रो देश हाम्रो परिवेश।
रोशन खड्का
सहरे- ८ दोलखा।
हाल मलेशिया।