गजल : By, साबित्रा लुइँटेल घिमिरे



था छैन कसरी हराएँ बिदेशमा
दिलको बसाई सराएँ बिदेशमा ||

अन्जान अज्ञानी बुजिन कसैलाई
फगत यी आँशु झराएँ बिदेशमा ||

कस्तो हो चलन आफ्नै नि नचिन्ने
आफन्त देखि नै डराएँ बिदेशमा ||

हेर्नु पो कसोरी सकिन मैले त
आँफैलाई बन्धक गराएँ बिदेशमा ||

कसरी भनु म मन् मिल्ने मान्छेलाई
तिम्लाई नै मन पराएँ बिदेशमा ||

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com