कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा

 काठमाण्डौ  बैशाख १३,

कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८ करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन । पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो । 

लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ । म्ष्ििष्चबm(उबचबवगष्कितार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए । 

कतार ड्युटी फ्रिले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्‍याफल’ सुरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ ब्यक्ति हुन् । कतारको ड्युटी फ्रिलाई लक्षित गरि सुरु गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन । 

एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका बारेमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com