दुखी मन्का बेदनाहरू आँशु संगै पिएको छु
तिता मीठा सम्झनाका साहाराले जिएको छु
बाध्यताले आज हामी बिछोड हुन परेपनी
अतित हाम्रो जीवनमा आउँनेछ साथिबनी
तिमीलाई पनि मिठा केही पल दिएको छु
मैले तिनै सम्झनाका साहाराले जिएको छु
समयसंगै बिगतलाई गर्नुछ भुल्ने प्रयास
भबिश्यमा अलिकति राखेर खुसीको आश
तिमी बाट केही पल मैले पनि लिएको छु
मैले तिनै सम्झनाका साहाराले जिएको छु
दुखी मन्का बेदनाहरू आँशु संगै पिएको छु
तिता मीठा सम्झनाका साहाराले जिएको छु
' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग