गज़ल : By, अनिल बन



घाम छाया नबनाऊ माया कहिले तातो कहिले चिसो
चकले लेखेको हैन माया अहिले लेख्यो अहिले मिट्यो

सुन्दर खेल हो माया जसले तिमीलाई आनन्द दिन्छ
जुवाको बाजी नसोची खेल कस्ले हार्यो कस्ले जित्यो

प्राप्ति मात्र हैन माया जीवनमा बलिदान गर्दै जाऊ
बजारमा खोज्दै नहिड माया कस्ले किन्यो कस्ले बिच्यो

मायाको कुनै रंग हुन्न यसलाई पढ्ने मनलाई खोज
आत्म सन्तुस्टी पाउछौं सधै जसलाई तिम्रो मनले रोज्यो

अनिल बन
दगा तुम्डाडा ५ देउराली
हाल :अबु धाबी यू ॰ए ॰इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com