१९ औँ खुलादिसा मुक्त सोनपुर प्रमाणिकरण

सोनपुर दाङ चैत्र २३, 

गोविन्द खड्का  : खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति दाङले सोनपुर गाविसलाई १ ९ औँ खुला दिसा मुक्त गाविसको रुपमा प्रमाणिकरण गरेको छ । अजा खाने पानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अरुण कुमार सिमखडाको नेतृत्वमा गएको अनुगमन टोलिले प्रमाणिकरण गरेको हो । अनुगमन टोलिका प्रमुख सिमखडाले सोनपुरका टिकुली गढ, सुनडबरी, श्रीगाउँ, जखेरा नर्ति लगाएतका स्थानमा स्थलगत अनुगमन गरेको थियो । 

सो अवसरमा करिब १५÷२० ठाउँमा ढोकामा पल्ला नजोडेको, छानो नहाले को र केहि ठाउँमा प्रयोग गर्न शूर नगरेको पाईएको थियो । अभियानमा लागेको कमाण्डो, राजनैतिक दलका प्रतिनिध र गाविस सरसफाई स मितिले प्र तिवद्धता जनाएकाले घोषणा अघि गर्न जिम्मा दिईएको छ । यसैगरी अनुगमन टोलिले अभियात्री प्रमोद भुषाल प्रति समवेदना व्यक्त गरेको छ । शुरु दे खिनै अभियानमा खटिएका धिताल चैत्र १८ गते मृत्युभएकाले घरमै गएर समवे दना दिएको हो । 

अभियान टोलिमा जिल्ला शिक्षाकार्यालय दाङका उपसचिव ओम प्रकाश न्यौ पाने, गाविस सचिव श्रीलाल चौधरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक शान्ता घर्ति र तिल बहादुर केसी, खानेपानी महासंघका धु्रर्व ठकुरी, खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार फोरमका सदस्यहरु दशरथ घिमिरे गोविन्द खड्का पत्रकार श्रवण वस्नेत लगाएत स्थानिय राजनैतिक दल र कमाण्डोको सहभागिता रहेको थियो । 

अहिले सम्म सबै भन्दा समस्या देखिएको दपेन्द्र प्रहरी वोर्डिङको जग्गामा ६५ घर र पद्मादय भरतपुरको जग्गामा १ सय ६५ घर बसेका छन् । उनिहरु ले पनि दुईसिट राखेर शौचालय बनाएका छन् । कुनै समयमा रातमा नबस्नेको उठ्ने नियम बनाएका थिए । अहिले पनि शौचालय नबनाए उठ्ने उर्दि जार ी गरेका छन् । त्यस बारेमा अभियान टोलि अलमलमा परेको बताए । उनिहरु लाई गणना नगर्दा गाविस भरी करिब २६ सय घरधुरी रहेको सबैमा शौचालय बनिसकेको छन् । 

गत वर्ष अभियान शूरु गर्दा गाउँमा थोरै शौचालय भएको गत माघ दे खि अभियान तिव्ररुपमा अघि बढेको कमाण्डो संयोजक रामभजन चौधरीले जानकारी दिनुभयो । वहाँका अनुशार शौचालय नबनाउनेलाई गाविसका सबै सेवा सुविधा रोकिएको छ । अधिकांश चौधरी वस्ती, केहि दलित र वाहुन क्षेत्री रहेको गाविसमा यसपटक सामाजिक शुरुक्षा भत्ता समेत रोकिने भएको छ । सबै भन्दा समस्या ५ नम्बर वडाका सोनपुरका टिकुलीगढ, जखेरा, फाल्कापुर र ४ नम्वरका श्रीगाउँमा देखिएको वहाँले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com