नारी प्रकृतीका फूल :By, गोपाल प्रधान



नारी जगतका फूलको चोलीमा रंग लिंदा
माटी माथीका बोटको बोलीमा प्रसन्नता

सत्य,सुन्दर लाग्छ मलाई यो जीवनभित्र
चन्द्रमाको प्रतिमा तिम्रो मुहारमा उत्रींन्दा
उषाको प्रहर उज्यालो प्रभाकर तिम्रो दिनमा
नभका दीप शीखा तिम्रो रूपमा ओर्लिन्दा

तिम्रो प्रतिमा मेरो भाग्यामा बिशेषता छ
इश्वरी बरदान ठुलो उपहार म मानीलिन्छु

सृजनाको अन्तरंगका तस्वीरलाई स्वीकारछु
निरुपणका भार सधैंको निम्ती सुम्पिदिन्छु

प्रेमको उज्जवलतामा वासनाका त्यो उपजनी
स्पषट भावानामा रचेका ममताका यो मुर्ति
दु:ख निवारणमा निष्क्रर्ष जान्ने एक्लो सहदेवी
उनको कलाकारिताको एउटा सरल ती मानविकी

गोपाल प्रधान
दार्जिलिङ्ग हाल कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com