नेपालगञ्ज वैशाख१३,
पोखराबाट महेन्द्रनगर तर्फ गईरहेको यात्रुबाहक बस पुर्ब पश्चिम राजमार्गको भुरीगाँउमा दुर्घटना हुँदा २० जना घाईते भएका छन् ।
ना ४ ख ४३८४ नंको यात्रुबाहक बस बर्दियाको नेउलापुर ७ भुरीगाउँ नजिक विहान ३ बजे दुर्घटना हुँदा ७ जना इजरायली नागरीक सहित २० जना घाईते भएका हुन । दुर्घटनामा चालक समेत गम्भिर घाईते भएका छन् । बस सडक छेउको नालामा पल्टिएको छ ।
स्थानीय मेडिकलमा प्रारम्भिक उपचार पछी विदेशी नागरीक सहित १६ जना घाईते लाई शिक्षण अस्पताल कोहोलपुरमा उपचारका लागि पठाईएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जानकारी दिएको छ । चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै