कविता , हाम्रो इतिहास : By, हरि पौडेल



हाम्रो इतिहास
भगवान शिव अनि सतीदेवीको
वासस्थान
सीता र बुद्धको
जन्मस्थल

"ने" ऋषीले
तपस्या गरेको ठाउँ
हाम्रो यो नेपाल
किन आज यहाँ
ठगी हुन्छन ?
किन यहाँ दुराचारी छन् ?
हाम्रो इतिहासलाई बिर्सी

हामी
कलियुगलाइ दोष दिदै छौ।
साधुको भेषमा
पाखण्डी छन
रक्षकको भेषमा भक्षक छन
साशकको भेषमा
शोषक छन
चापलुसी र चमचागिरी कै

छ भलो यहाँ
सत्य बचन बोल्ने त
खाल्डामा परेछन
हाम्रो संस्कार नै बिग्रेछ
कोइ चोर्न र लुट्न मात्र खोज्ने
कोइ जति दुख भए पनि

सहि बस्ने
एउटा गौरवमय इतिहास हाम्रो
छल कपट र विडम्बनाको
इतिहास हुने भयो
खोइ त नेपालीको वीरता ?
आफ्नो देश प्रति
आफ्नो संस्कार प्रति
चिन्त्ता छ त कसैलाई ?
अझै हात मलि बस्ने की
कम्मर कस्ने ??

हरि पौडेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com