भर्जिनिया ,फल्स चर्च ,नेपाली समुदायले नया बर्ष मनाए

भर्जिनिया अमेरिका वैशाख १०,

विजय थापा भर्जिनिया ,अप्रिल २१ तारिख नेपाली समुदायको बाक्लो वस्ती भएको क्षेत्र फल्स चर्च वरी परि बसोबास गर्ने नेपाली समुदायलाई आयोजकले लक्षित गरि नेपाली नया बर्ष २०७० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ मनाएका छन् 

व्यस्तता र परदेशको बसाईको कारण सबैलाई समेट्ने प्रयास स्वरुप शुभ मुर्हुत आज अप्रिल २१ तारिखमा नया बर्ष मनाउन साईत जुरेको थियो  उक्त कार्यक्रममा शुभकामना आदान प्रदान पनि राखिएको थियो भने कार्यक्रम संचालन रन्जु सुबेदी तथा बिन्ध्या गुरुङले सयुक्त रुपमा गरेका थिए  ुभकामना मन्तब्य राख्नु हुने महानुभावहरुले आयोजकलाई धन्यबाद दिदै परम्परा र संस्कृतिलाई जगेर्ना गर्नु पर्ने कुराको उल्लेख गरेका थिए 

शुभकामना आदान प्रदान गर्नु हुने समुदाय सदस्यहरुमा क्रमस ,डिसी नेपालका प्रमुख राम हरि सुबेदी , अमेरिका नेपाल समाजका निवर्तमान अधक्ष्य नगेन्द्र पौडेल ,समाज सेवी कृष्ण सब ,संचार कर्मी मुक्ति दवाडी ,अनेसास डिसी महानगर शाखाका अधश्य प्रकाश नेपाल तथा खेम राज शास्त्री आदि थिए  खेम राज शास्त्री गायत्री मन्त्रको जब गर्नु भएको थियो भने प्रकाश नेपालले कविता वाचन सहित शुभ कामना ब्यक्त गरेका थिए  उक्त कार्यक्रममा संचारकर्मी मुक्ति दवाडीले गीत पनि गएका थिए lशकुन्तला अधिकारीले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन्  

शुभकामना कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो lदीपा शर्मा ,क्रिस्टिना रेग्मी ,सर्वग्य उपाध्याय ,आयुषा ढकाल ,गोमा न्यौपाने ,आशिस सुबेदी ,राम चन्द्र लामिछाने , सेजल ,तेजस्वी पाण्डे ,अनुसा सुबेदी ,अन्जु पाण्डे ,जेसिका न्यौपानेले सांस्कृतिक कार्यक्रममा गीत तथा नृत्य प्रस्तुति गरेका थिए  अन्त्यमा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सबैलाई पुरस्कार वितरण गरिएको थियो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com