भगवान शिव अनि सतीदेवीको
वासस्थान
सीता र बुद्धको
जन्मस्थल
'नेू' ऋषीले
तपस्या गरेको ठाउँ
हाम्रो यो नेपाल
किन आज यहाँ
ठगी हुन्छन रु
किन यहाँ दुराचारी छन् रु
हाम्रो इतिहासलाई बिर्सी
हामी
कलियुगलाइ दोष दिदै छौ।
साधुको भेषमा
पाखण्डी छन
रक्षकको भेषमा भक्षक छन
साशकको भेषमा
शोषक छन
चापलुसी र चमचागिरी कै
छ भलो यहाँ
सत्य बचन बोल्ने त
खाल्डामा परेछन
हाम्रो संस्कार नै बिग्रेछ
कोइ चोर्न र लुट्न मात्र खोज्ने
कोइ जति दुख भए पनि
सहि बस्ने
एउटा गौरवमय इतिहास हाम्रो
छल कपट र विडम्बनाको
इतिहास हुने भयो
खोइ त नेपालीको वीरता रु
आफ्नो देश प्रति
आफ्नो संस्कार प्रति
चिन्त्ता छ त कसैलाई रु
अझै हात मलि बस्ने की
कम्मर कस्ने रुरु
हरि पौडेल
नेदरल्याण्ड