सेवा नै धर्म हो भन्ने सु-बिचार लिएर अहिले विदेशमा रहेका नेपाली द्वारा थुप्रै यस्ता असल कार्य हरु हुँदै आएको छ ।
यसै क्रममा रोजगारको सिलसिलामा हाल इज़रायल मा कार्यरत समाज सेवी नबराज आचार्यले अस्विनी कोइरालाले लेख्नु भएको ''उनि'' पुस्तक बिक्रि गरेर तथा आफ्नै सहकार्यमा साथि भाइ बाट सहयोग जुटाई आज एक कार्यक्रमको आयोजना गरि हस्तारण कार्य सम्पन्न गरेको छ ।
उक्त समारोहका मुख्य अतिथि हरिबंस आचार्य द्वारा पबित्र सेवा समाजलाई रु.१,४०.१०१ र हेल्प नेपाल नेटवर्कलाइ रु.१,१५,८११ हस्तान्तरण गरिएको छ ।तस्विर: उद्धव तामाङ्ग ]