शिशिर सिंखडा : चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले
आफनो आमावुवाको चौरासी पुजामा गरिएको तुलादानको
रकम गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ
विद्यार्थीहरुलाई सहयोग गरेका छन ।
रत्ननगरको बकुलहर स्थित आफनै निवासमा आज भएको
चौरासी पुजामा चेपाङ विद्याथीहरुलाई खाद्यान्न खरि
दको लागि ११ हजार ५ सय रुपैया सहयोग गरेका छन ।
जिल्ला शिक्षा अधिकारी शर्माले तुलादानको आधा रकम ब्र
ाहमण दान गरेको र आधा रकम चेपाङ संरक्षण केन्द्र
लाई सहयोग गरेको बताउनु भयो ।
गरिवीका कारण शैक्षिक जोखिममा परेका चेपाङ
वालवालिकालाई सहयोग गर्न पाउदा आफू खुसी भएको
जिल्ला शिक्षा अधिकारी शर्माले बताउनु भयो ।
सहयोग जुटाएर चेपाङ वालवालिकालाई उचित शिक्षा प्र
दान गरिरहेको संरक्षण केन्द्रलाई जिल्ला शिक्षा अधिकार
ीको सहयोगले चेपाङ विद्यार्थीको शैक्षिक उन्नतीमा थप
टेवा पु¥याउन हौसला मिलेको केन्द्रका अध्यक्ष केपिकिर
ण शर्माले बताउनु भयो ।
केन्द्रमा हाल मकवानपुरको
कागडा,चितवनको लोथर,कोराक काउले,सिद्धि र शक्तिखोरका
४० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरि
रहेका छन ।