मेरो जिबन अँधेरीले छोपिएझैँ लाग्छ !!
दोबाटोमै खुशी सबै पोखिएझैँ लाग्छ !!
.तिमीलाई रोज्नु सायद भुल भयो मेरो
तिम्रो माया जिन्दगीमा सुल भयो मेरो
कल्पनामै बिहान हुन्छ निदाउँछु भन्दा
आँशु संगै तिम्रो याद रित्याउँछु भन्दा
.जिन्दगीको नाउ कतै ठोकिएझैँ लाग्छ !!
अनायसै धड्कनपनि रोकिएझैं लाग्छ !!
तिम्ले घात गरे पछी यो मन यस्तै भयो
दिनमा भोक राती निन्द्रा हराउँदै गयो
धर्ती आकाश तिमीलाई छोडिदिन्छु अब
मृत्यू सँग मिठो नाता जोडिदिन्छु अब
.मेरो जिबन अँधेरीले छोपिएझैं लाग्छ !!
जिन्दगीका खुशी सबै पोखिएझैँ लाग्छ !!
सन्दीप ढकाल