तेलअभिव बैशाख ११,
नेपाल
तामाङ समाज, इजरायलको अध्यक्ष बी बी लामा तामाङको अध्यक्षतामा बसेको
संस्थाको ३८ औं बैठक (कल कन्फेरेन्स) द्वारा आउँदो २४ मे शुक्रबार संस्थाको
दोश्रो अधिवेशन गर्ने 'सर्वसम्मत' निर्णय गरेको छ । अधिवेशन हुने स्थल
तेलअविव स्थित सेन्ट्रल तखानको पछाडी रहेको "सानो पार्क" लाई तोकिएको छ ।
संस्थाले
स्थापनाकाल देखि नै इजरायलमा रहेका तामाङहरु एकजुट र सहभागी गराउदै आफ्नो
तामाङ जातीय भाषा, धर्म, भेषभूषा र संस्कृतिलाई सम्वर्द्धन र संरक्षण गर्दै
आइरहेको छ । संगठनिक , आर्थिक प्रतिवेदन प्रस्तुत र नयाँ कार्यकालका लागि
नेतृत्व चयन गर्ने लगायतका कार्यक्रमहरू रहेको संचार विभाग प्रमुख विनु लामा
तामाङले जानकारी दिएका छन् ।
बैदेशिक रोजगारको क्रममा नेपालका
विभिन्न जिल्लाबाट इजरायलमा कार्यरत तामाङहरुको भेलाले १६ जनवरी २०१० मा
तेलअविवमा नेपाल तामाङ समाज , इजरायल (संस्था ) स्थापना भएको हो । संस्थाले
आफ्नो जातीय संस्क्रितीलाई संरक्षण गर्नको साथै बेला बेलामा इजरायलको
पर्यटकीय स्थलहरुमा मनोरम भ्रमणको कार्यक्रमहरु, यहाँ रहेका संघसंस्थाहरु
संग समन्वय गरेर बुद्धजयन्ती, विश्व आदिवासी दिवस जस्ता अधिकार मुलक
कार्यक्रमहरु र सामाजिक कार्यहरु पनि गर्दै आएको छ । यस बाहेक आपतविपत
परेकाहरुलाई सर-सहयोग र नेपालमा विभिन्न समस्या भएकाहरुलाई आर्थिक सहयोग
पनि पुर्याउदै आइरहेको छ ।
तामाङ जातीको सस्क्रिती , मौलिकता र
पहिचानको निमित् सम्पूर्ण तामाङहरु एकजुट हुन र एकताको खाँचो आवश्यक हुँदा
सदस्यता बन्न बाँकी रहेका इजरायलवासी तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई
संस्थाको सदस्यता लिनु भई संस्थामा आवाद्द हुन संस्थाको अध्यक्ष बी बी लामा
तामाङले सबैलाई हार्दिक अनुरोध गरेका छन् ।
संस्थाको महासचिव सुन्दर सिंह लामा तामाङले संचालन गर्नु भएको बैठकमा प्रथम उपाध्यक्ष: दोर्जे पाख्रिन तामाङ , द्धितीय
उपाध्यक्ष: सानु थिङ तामाङ, सचिव : रामचन्द्र तामाङ, कोषध्यक्ष: उर्मिला
पाख्रिन तामाङ, सह-कोषध्यक्ष: कल्पना मोक्तान तामाङ, बुद्धिजीवि विभाग
प्रमुख: छ्योइसाङ थिङ तामाङ , सास्क्रितिक विभाग प्रमुख: सुनिता पाख्रिन
तामाङ , संगठन विभाग प्रमुख: सुनिता दोङ तामाङ , महिला विभाग प्रमुख : माया
बोम्जन तामाङ , संचार विभाग प्रमुख विनु लामा तामाङ , सदस्यहरु लामा
थुप्तेन तामाङ , कान्छी घिसिङ तामाङ र सरिता घिसिङ तामाङ सहभागी रहनु भएको
थियो ।