गीत : By, कल्पना राई"खुशी"



ब्यथा बिना दुख्दा छाती,दिन भन्दा च्याप्छ राती
कोल्टे फेर्दै रात बित्छ , कुरा खेल्दै नाना भाती


मन चरी उडी जान्छे तन छोडी सयनमा
सपनीको बाटो छेक्न आँशु बग्छ नयनमा
मिर्मिरेमा तारा खस्दा सम्झनाको बढ्यो ताँती
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नाना भाँती



निल काँडा बनि बिझ्यो शून्य-शुन्य प्रहरले
आधा पिल्टो भएँ म त माया गर्ने रहरले
ओइलेर फूल खस्दा पत्कर भो आज पाती
कोल्टे फेर्दै रात बित्छ, कुरा खेल्दै नाना भाँती



ब्यथा बिना दुख्दा छाती,दिन भन्दा च्याप्छ राती
कोल्टे फेर्दै रात बित्छ , कुरा खेल्दै नाना भाँती

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल-द.कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com