आज मनमोहन अधिकारीको १४ औं स्मृति दिवस मनाइँदै

 काठमाडौ  वैशाख१३,

नेपालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि देशभरि मनाइँदैछ । नेकपा एमालेले आज बिहान साढे आठ बजे सानेपामा रहेको मनमोहन स्मृति प्रतिष्ठानमा चियापान कार्यक्रमको आयोजना गर्देछ ।

यस अवसरमा एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुले सानेपामा रहेको अधिकारीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । २०५६ साल वैशाख १३ गते आजकै दिन मनमोहन अधिकारीको निधन भएको थियो । वृद्धवृद्धालाई भत्ता दिनेलगायत उहाँको ९ महिने कार्यकालमा गरिएका कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com