गज़ल : By, साबित्रा लुइँटेल घिमिरे




लोकको सुन्दर रचना हुन् नारी
अपार ज्ञानको सिर्जना हुन् नारी |

ममता करुणा छरेर हिड्ने त्यो
शितल कन्चन झरना हुन् नारी |

आमा हुन् छोरी हुन् जीवन साथी हुन्
त्रि मुर्ति स्वरुप बन्दना हुन् नारी |

समुन्द्र झैँ शान्त फराकीलो मन
दु:खमा नि हाँस्ने बेदना हुन् नारी |

ममता कि खानि धर्ति र आकाश
अजर अमर तृसना हुन् नारी |

औजार नठानौ सन्तान जन्माउने
संसार सजाउने सपना हुन् नारी |


साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com