चीन बैशाख ७,
चीनको दक्षिणपश्चिमी स छ्वान प्रान्तमा शनिबार शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय १३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।उद्दारकार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ ।
स्थानीय समय बिहान आठ बजेर दुई मिनेट जाँदा स छवानको या आन शहरको लु शान गाउँ नजिक केन्द्र बनाएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
याआनबाट १ सय ४० किलोमिटर टाढा पर्ने स छवानको राजधानी शहर छङतु तथा कुईचौ, कान सु, पल्लो सान सी र युननान प्रान्तमा पनि स्थानीय बासिन्दाले २० सेकेन्ड सम्म भुकम्पको झट्का महसुस गरेका थिए ।
भूकम्पमा परेकाहरुको उद्धारका लागि ६ हजार भन्दा बढी सैनिक, उद्धारकर्मी तथा प्रहरी खटिएका छन् । राष्ट्राध्यक्ष सी चिन फिङले उद्धारमा सबै स्रोत साधन परिचालन गर्न निर्देशन दिएका छन । चिनको सिचुवानमा सन २००८ मा ८ रेक्टरस्केलको भुकम्प जाँदा झण्डै ९० हजार जनाको ज्यान गएको थियो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै